Showing posts with label BHSS. Show all posts
Showing posts with label BHSS. Show all posts

Tuesday, April 9, 2013

New Years Wishes Quotes & Sayings

hope the New Year gives you plenty of reason to celebrate another year of life.
-BHSS CTEVT Annex JCT 2069




Wishing you a fabulous 2014 with full of great achievements and experiences. A meaningful chapter waiting to be written HAPPY NEW YEAR!

I hope the New Year brings with it another year of love, hope, and happiness.

Thinking of you as we celebrate the New Year. Wishing you love and health.

Make the most of the New Year for you and your beautiful family.

Sending you thoughtful wishes and lots of love as we enter the New Year.

Let us celebrate the New Year, another year we are all together. May you find peace, health and happiness.

I hope the New Year gives you plenty of reason to celebrate another year of life.

The New Year is a time for new hopes, aspirations, dreams and wishes. I hope all of yours come true.

May the New Year bring you blessings and warm your heart as well as your home.

Saturday, April 6, 2013

युवा वैज्ञानिक रिजन कार्कीले अमेरिकी अन्तरिक्ष केन्द्रमा नेपालको गौरव बढाए


काठमाडौँ, नेपालका युवा वैज्ञानिक रिजन कार्कीले विश्वका प्रख्यात वैज्ञानिकहरू जमघट हुने अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा नेपालको गौरव बढाउने अत्यन्त सराहनीय कार्य गरेका छन् । विज्ञानमा न्युटनको सिद्धान्तबाट प्रभावित कार्कीले विना बिजुली र विना इन्धन पहाडमा रेल कुदाउन सकिने आफ्नो विचार अमेरिकामा आयोजित एक ऊर्जा सम्मेलनमा विश्वका विशिष्ट वैज्ञानिक एवम् प्राध्यापकहरूसामु प्रस्तुत गरेर ‘स्टुडेन्ट एचिभमेन्ट एवार्ड’ हात पार्न सफल भएका थिए । बीस वर्षको युवावस्थामै विज्ञान र प्रविधिका क्षेत्रमा विशेष चाखका साथ क्रियाशील रही आफ्नो प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्न सफल युवा अन्वेषक रिजनले हालै यहाँ रु.२५ हजार १०१ राशीको समी युवा प्रोत्साहन पुरस्कार–२०६९ पनि प्राप्त गरेका छन् । रिजनले सन् २००९ मा अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)बाट १६ वर्षको उमेरमा विद्यार्थी प्रतिभा अन्तर्राष्ट्रिय स्टुडेन्ट अचिभमेन्ट एवार्ड जितेका थिए । उनले नासामा गएर गुरुत्वाकर्षणसम्बन्धी नियमका बारेमा कार्यपत्र प्रस्तुत गरी सम्मेलनमा सहभागी वैज्ञानिकहरूलाई चकित पारेका थिए । सानोमा छ कक्षामा अध्ययन गर्दा डाक्टर र इन्जिनियर बन्ने सपना सजाएका उनलाई विज्ञानमा न्युटनको सिद्धान्तले आकर्षित बनाएपछि उनी अहिले चर्चित युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता बन्न सफल भएका छन् । राष्ट्रिय स्तरका थुप्रै सम्मान हात पारिसकेका कार्कीको भविष्यमा नेपालमै बसेर केही गरौँ भन्ने सोच रहेको छ । ‘बाउन्सिङ कार’, ‘आरकिज सिम्पल मेसिन’ (कार्कीको नामाकरणबाट बनाइएको मेसिन च्प्भ्भ्क् जसले ठूलो वजनदार चिजलाई धकेल्न मद्दत गर्छ र इनर्जीलाई स्टोर गर्छ) जस्ता अनुसन्धान र अन्वेषणमा संलग्न उनले पानी, माटो, चट्टानजस्ता पदार्थलाई इन्धनका रूपमा प्रयोग गर्नसकिने तर्क राख्दै आएका छन् । आफ्नै वरिपरिका वस्तुलाई वैज्ञानिक प्रयोगको माध्यमबाट अमेरिका पुगेर स्टुडेन्ट एचिभमेन्ट एवार्ड हात पार्न सफल कार्कीले काठमाडौँको बुढानिलकण्ठ स्कुलबाट विद्यालय तह र बानेश्वरको नोबेल एकेडेमीबाट दश जोड दुई तह उत्तीर्ण गरेका थिए । कार्की हाल अन्तर्राष्ट्रिय एक नेपाली संस्था र अमेरिकाको वेल्स् माउन्टेण्ड फण्डको सहयोगबाट काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत छन् । फण्डले चार वर्षका लागि वार्षिक एक हजार २०० अमेरिकी डलर उपलव्ध गराएको छ । भविष्यमा भौतिकशास्त्रमा अनुसन्धान गर्ने सोच राखेका कार्की सो विश्वविद्यालयमा एप्लाइड फिजिक्समा बिएससी पहिलो वर्षमा अध्ययनरत छन् ।
विज्ञानमा न्युटनको गतिसम्बन्धी तीन वटा नियम पढेपछि आफू अध्ययनप्रति लगनशील बन्दै गएको बताउने कार्कीले हालसम्म (हिलट्रेन) पहाडी रेल बनाएर सफलतापूर्वक परीक्षण गरिसकेका छन् । उनले पछिल्लो समय गत १० महिनादेखि बाउन्सिक कार (उफ्रेर हिँड्ने कार) को डिजाइनबारे अध्ययन गरिरहेका छन् ।
सानो छँदा पढाइमा खासै चासो नराख्ने कार्कीले पिताको शिक्षाको प्रेरणाबाट क्रमशः आफ्नो अध्ययनलाई खार्दै लगे । कार्कीका बाबु, आमा र एक दाईसहित चार जनाको परिवार छ । धेरै बोलेरभन्दा पनि केही गरेरै देखाउने सोच बोकेका कार्कीले भने–‘अब गफ गरेर हैन, काम गरेर देखाउने जमाना छ, हामीजस्ता युवा वैज्ञानिक देशको विकासमा समर्पित हुनुपर्छ ।’ राम्रो काम गर्न चाहने योग्य मान्छे र आफ्नोभन्दा अरूका लागि सोच्ने व्यक्ति अहिलेको मुलुकको आवश्यकता हो भन्दै कार्की आफूजस्ता धेरै युवा वैज्ञानिक आफ्नै देशमा बसेर केही गर्न चाहेता पनि अध्ययन–अनुसन्धान गर्ने स्रोत र पूर्वाधार अभाव भएको बताउँछन् । विश्व ब्रह्माण्डका बारेमा समेत अन्वेषणरत कार्कीको हरेक प्रयास र सफलतामा आम नेपालीले साथ दिएमा विश्वसामु नेपालको पहिचान बढाउन थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
हुनतः वैज्ञानिक सफलताका लागि विकसित मुलुक नै धाउनुपर्ने नेपाली सोच पछिल्लो समयमा आएर फेसनकै रूपमा अघि बढिरहेको पाइन्छ । प्रतिभावान व्यक्तिले आफ्नो सीप र क्षमतालाई उपलब्ध स्रोत र साधनलाई पछ्याउँदै सही ढङ्गले प्रयोग गर्नसके आफ्नै देशमा पनि केही गर्न सकिँदोरहेछ भन्ने दरिलो उदाहरण बनेका छन्–रिजनजस्ता युवा वैज्ञानिक ।
राज्यले नै युवा वैज्ञानिकका प्रतिभालाई प्रस्फुटन गर्ने उचित वातावरण बनाउनसके भविष्यमा विज्ञान र प्रविधिका क्षेत्रमा नेपालले पनि ठूलो उपलब्धि हासिल गर्नसक्ने सम्भावना देखिएको छ । युवा वैज्ञानिकलाई प्रोत्साहन दिई स्वदेशमै बस्ने वातावरण बनाउनका लागि सरकारी एवम् सरोकारवाला निकायबाट विभिन्न प्रयास भने नभएका हैनन् तर त्यसले सार्थकता पाउनसकेको छैन । सम्बद्ध मन्त्रालय स्वयम् आफँैमा अन्योल हुने र विज्ञान तथा प्रविधिको आधिकारिक निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सुस्तताले पनि विज्ञान र प्रविधिका क्षेत्रमा उपलब्धिमूलक कार्य हुननसकिरहेको महसुस गरिएको छ ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीले विज्ञान र प्रविधिको विकास तथा युवा प्रतिभाको पलायनलाई रोक्न मन्त्रालय लागिपरेको बताउनुभयो । मन्त्रालयले हाल त्रिवर्षीय सुधार योजना बनाई कार्यान्वयन चरणमा रहेको र योजनामा प्रतिभा पलायनको रणनीति तर्जुमा गर्ने र भइरहेका प्रतिभाको खोजी गरी विद्धत वृत्ति प्रदान गर्नेलगायतका कार्यक्रम रहेकाले आगामी आर्थिक वर्षदेखि यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने दृढता व्यक्त गर्नुभयो ।
नेपालमा विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्ने नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले बजेटलगायत युवा वैज्ञानिकहरूलाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाउनका लागि केही कार्यक्रम त चलाएकै छ तर त्यसले धेरैजसो वैज्ञानिकलाई समेट्न सकेको छैन । नास्टले हाल विज्ञान विषयमा स्नातकोत्तर र प्राविधिक विषयमा स्नातक उपाधि गरेका युवा वैज्ञानिकहरूलाई परिणाममुखी अनुसन्धानका लागि हरेक वर्ष रु.एक लाख सहयोग गर्दै आएको छ भने स्नातकोत्तर उत्तीर्ण गरेका ताजा युवा वैज्ञानिकहरूलाई नास्टकै प्रयोगशालामा एकदेखि दुई वर्षसम्म आवश्यक सुविधासहित अनुसन्धान गर्ने अवसर प्रदान गर्दै आएको बताइएको छ ।
नास्टका उपकुलपति प्राडा.सुरेन्द्रराज काफ्ले विज्ञान र प्रविधिको विकासका साथसाथै युवा वैज्ञानिकलाई प्रोत्साहित गरी स्वदेशमै रहने वातावरण बनाउन नास्टले विभिन्न योजना मन्त्रालयमा पेस गरे पनि आवश्यक बजेट उपलब्ध नभएका कारण काम गर्ननसकिएको बताउनुहुन्छ ।
एकातर्फ मन्त्रालयले नास्टले आवश्यक योजना ल्याउननसकेको बताउने गर्छ भने अर्कातर्फ नास्टले चाहीँ योजना तयार गरेर मन्त्रालयमा पेस गरे पनि आवश्यक बजेट निकासा नभएका कारण काम गर्न नसकेको दाबी गर्दैआएको छ । समग्रमा जे होस् परिवर्तित विश्व परिवेशमा मुलुकको समग्र विकासका लागि विज्ञान र प्रविधिलाई अगाडि बढाउन राज्यले ठोस कदम चाल्नु अति जरुरी भइसकेको छ ।
नास्टले चार वर्षअघि प्रस्तुत गरेको विवरणअनुसार नेपालमा २५ हजार वैज्ञानिक रहेकामा हाल करिब ३५ हजारको हाराहारीमा पुगेको र त्यसमा ८० प्रतिशत युवा वैज्ञानिक छन् । - रासस

Sunday, March 24, 2013

Festival of colours. ~ Happy Holi

The festival of Holi can be regarded as a celebration of the Colors of Unity & Brotherhood - an opportunity to forget all differences and indulge in unadulterated fun. It has traditionally been celebrated in high spirit without any distinction of cast, creed, color, race, status or sex. It is one occasion when sprinkling colored powder or colored water on each other breaks all barriers of discrimination so that everyone looks the same and universal brotherhood is reaffirmed. This is one simple reason to participate in this colorful festival. Let's learn more about its history and significance...

The Legend of Holika Holi is also associated with the Puranic story of Holika, the sister of demon-king Hiranyakashipu. The demon-king punished his son, Prahlad in a variety of ways to denounce Lord Narayana. He failed in all his attempts. Finally, he asked his sister Holika to take Prahlad in her lap and enter a blazing fire. Holika had a boon to remain unburned even inside fire. Holika did her brother's bidding. However, Holika's boon ended by this act of supreme sin against the Lord's devotee and was burnt to ashes. But Prahlad came out unharmed.

Holi (होली) is a religious spring festival celebrated by Hindus as a festival of colours.

What is your favorite color?